युरो कप : स्कटल्यान्डविरुद्ध रिपब्लिक २-० ले विजयी

काठमाडौं : युरो कप फुटबलमा आज भएको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २-० गोलले हराएको हो ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको चेक रिपब्लिकले दोस्रो हाफमा अर्को एक गोल थपेको हो । रिपब्लिकका लागि दुवै गोल पट्रिकले गरे । उनले खेलको ४२ औँ र ५२ औँ मिनेटमा गोल गरे ।

याे पनि पढ्नुस  युरो कप : स्वीट्जरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो

यो जितसँगै २ खेलमा २ मा नै जित हासिल गरेको रिपब्लिक ६ अङ्कसहित शीर्षस्थानमा छ । स्कटल्यान्ड भने २ खेलमै हार बेहोर्दै तालिकाको अन्तिममा छ ।

आजै राति पौने दश बजे हुने खेलमा पोल्यान्ड र स्लोभाकिया खेल्दै छन् भने राति पौने एक बजे स्पेन र स्विडेन खेल्दैछन् ।

याे पनि पढ्नुस  युरो कप : स्वीट्जरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो

कमेन्ट गर्नुहोस्