युवा संघले भन्यो– ओलीले अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा (एमाले)को भातृसंगठन युवा संघ वाग्मती प्रदेश कमिटीले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबट राजीनामा दिनुपर्ने बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एमाले वरिष्ठ नेता  खनाल–नेपाल समूहनिकट युवा संघले सो माग गरेको छ ।

विज्ञप्तिको बुँदा घ मा भनिएको छ, ‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।’

याे पनि पढ्नुस  ओलीलाई व्यङ्ग गर्दै लेखिएको पारस खड्काकाे ट्वीट डिलिट !

युवा संघले नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउन, प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि ओलीलाई माग गरिएको छ ।

एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।’

याे पनि पढ्नुस  बारका चार पूर्वअध्यक्षले भने– प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर

 

कमेन्ट गर्नुहोस्