पुन दम्पतीद्वारा रोल्पाका १० वटै पालिकामा स्वास्थ्य सामग्री वितरण

रोल्पा । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तीले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

जिल्ला अस्पतालसहित स्थानीय तह मातहतका सबै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीका लागि पुन र उनकी धर्मपत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाएका हुन् । स्वास्थ्य सामग्री वतरणका लागि पुन र घर्ती रोल्पा नगरपालिकासहित जिल्लाका सबै गाउँपालिका पुगेका थिए ।

याे पनि पढ्नुस  विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन

जिल्ला अस्पताल र सुरक्षाकर्मीका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पुनको सचिवालयले जनाएको छ ।

वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ब्याग, एन–१९ मास्क, सर्जिकल मास्क, इन्टिजन किट, पिपिईलगायत छन् ।

नेता पुनले अहिले कोभिड–१९ महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गरी आफू, परिवार र समुदायलाई सुरक्षित राख्न आग्रह गरे । वर्तमान केपी ओली नेतृत्वको सरकार कोभिड–१९ महामारी नियन्त्रणमा पूर्णतः असफल भएको भन्दै उनले महामारीको अनुचित फाइदा उठाउँदै सरकारमा भएकाहरु कमाउ धन्दामा लागेको टिप्पणी गरे ।

याे पनि पढ्नुस  राजा महाराजाको निरंकुशता नटिकेको नेपालमा ओलीको निरंकुशता धेरै दिन टिक्दैनः पुन

नेता पुनले यसअघि पनि रोल्पाका लागि अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पठाउनुका साथै कोरोना महामारीका कारण रोजगारी गुमाएर राजधानी काठमाण्डुसहित मुलुकका विभिन्न स्थानमा अलपत्र परेका जिल्लाबासीलाई उद्दार गरी घर फर्काउने काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्