दाङमा असार ८ गतेसम्म निषेधाज्ञा थप

दाङ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा असार ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकले जारी निषेधााज्ञा असार ८ गतेम्म थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब बिहान १० देखि ३ बजेसम्म होटेल पनि चल्ने भएका छन् । होटेलले भने प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भएका छन् ।

याे पनि पढ्नुस  विप्लवका दुई कार्यकर्ता दाङबाट पक्राउ

त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । विहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला प्रशासन प्रमुख दीर्घ नारायण पौडेलले बताए । उनका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत राखिएको छ ।

याे पनि पढ्नुस  खुकुरी प्रहारबाट फुटबल खेलाडीको हत्या

निषेधाज्ञाको समयमा भने बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ । बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु संचालन गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्