मेलम्ची त्रासदी: एकको मृत्यु, कैयन पुल बगे, बजार क्षेत्र डुबानमा (तस्वीरहरु)

मेलम्ची । मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ ।

इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।

माथिबाट आएको बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पहिचान भने हुन सकेको छैन् ।

यस्तै बाढीमा परेर सात जना वेपत्ता भएका छन् । वेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ ।

वेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का छन् ।

अन्य के कति वेपत्ता छन् एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्