पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि आज नयाँदिल्ली लगिँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता थपिएपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।
परिवार श्रोतका अनुसार, खनाललाई आज दिउँसो साढे १२ बजे दिल्लीa लगिने भएको हो । नयाँ दिल्लीमा एपोलो अस्पतालमा उनको थप उपचार हुने छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

खनाल यसअघि कोरोना संक्रमित भएका थिए । संक्रमित भएपछि केही दिन नर्भिक अस्पतालमा उपचार गरेपछि सञ्चो भएको उनी यो हप्ता फेरि बिरामी परेका थिए ।

कमेन्ट गर्नुहोस्