अध्यक्ष प्रचण्डद्वारा अर्थमन्त्रीलाई फोन, बाढी पहिरो नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपहिरोबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले आज बिहान जोखिम क्षेत्रका माओवादी नेतृत्वहरुलाई टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।

यसैगरी अध्यक्ष प्रचण्डले आज ै अर्थमन्त्री विष्णु पौडेललाई समेत टेलिफोन गर्दै नदी कटान रोक्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न भनेका थिए । चितवन लगायतका जिल्लाहरुमा बाढीबाट हुने कटान र डुबानको लागि बजेटको प्रवन्ध गर्न अर्थमन्त्रीसँग कुरा गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्