मेलम्ची त्रासदीः १ को मृत्यु, मेलम्ची आयोजनाका ३७ सहित ४२ जनाको उद्द्दार,

काठमाडौं, मेलम्ची क्षेत्रमा आएको बाढीको चपेटामा परेका ४२ जनाको उद्धार गरिएको छ ।

हालसम्म एकजनाको निधन भएको पुष्टि भएको छ । वेपत्ता हुनेहरुको बारेमा भने यकीन तथ्यांक सार्वजनिक भइसकेको छैन ।

प्रहरीले नौ जना वेपत्ता भएको बताएको छ भने स्थानीयहरुका अनुसार, पचास बढी अझै सम्पर्कमा आइसकेका छैनन् ।

उद्धार गरिएकामध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत् सिनो हाइड्रोका कर्मचारी रहेक छन् ।

यसैगरी, मेलम्चीको एक रिसोर्टमा फसेका दुई जना र घरको छतबाट दुई जनाको हेलिकप्टरले उद्धार गरेको छ।

मेलम्ची नदीमा मंगलबार आएको बाढीले सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, वडा नं. ७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका(१० र ११ जोड्ने पक्की पुल बगाएको छ।

कमेन्ट गर्नुहोस्