फेरी चर्कियो सजपाभित्रको विवाद, यादव पक्षको बैठकबारे ठाकुरले जारी गरे वक्तव्य

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद झनै उत्कर्षमा पुगेका छ ।

दुई स्पष्ट धार भएपनि कानुनी जटिलताका कारण विभाजन रोकिएको जसपामा दुबै पक्षले एकले अर्काका गतिविधिलाई अवैधानिक बताइरहेका छन् ।

यसैबीच उपेन्द्र यादव पक्षले बोलाएको बैठकलाई अवैधानिक भन्दै अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गरेका हुन ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको सबैलाई बताएका हुन् ।
उनले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुनका लागि आग्रह समेत गरेका छन् ।

त्यसैगरि अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई समेत गराएका छन् । जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन आयोगमा गएर बैठक नरहेको पत्र दर्ता गराएका हुन् ।

कमेन्ट गर्नुहोस्