गण्डकी प्रदेशका मुख्यमन्त्री पाेखरेलले विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

याे पनि पढ्नुस  थप ५० जनामा देखियो कोरोना, को हुन् संक्रमित ? (सूचीसहित)

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ ।

गण्डकी प्रदेशसभा ६० सदस्यीय थियो । उक्त संख्याको बहुमत ३१ पु¥याएर उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

याे पनि पढ्नुस  गण्डकी प्रदेशसभा सदस्यको पीसीआर परीक्षण गरिने

यसैबीच विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्