खुला विश्वविद्यालयद्वारा व्यवस्थापन तथा कानुन संकायमा अनलाइन भर्ना आह्वान

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८/०७९ का लागि अनलाइन भर्ना आवेदन खुला गरेको छ ।

विश्वविद्यालय मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेस (एमबीए) दुई वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साईन्स इन डेभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रम, ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे वार्षिक स्नातक कार्यक्रममा भर्ना खुलाएको हो ।

याे पनि पढ्नुस  अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छः पर्यटनमन्त्री भट्टराई

भर्ना आवेदन फाराम विश्वविद्यालयको वेभसाइटमा गएर भनुपर्नेछ । आवेदकले सम्बन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्र स्क्यान गरेर अपलोड गर्नुपर्ने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।

योग्यता पुगेका इच्छुक विद्यार्थीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । विश्वविद्यालयले प्रवेश परीक्षा पनि अनलाईन मार्फत लिने जनाएको छ ।

याे पनि पढ्नुस  अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छः पर्यटनमन्त्री भट्टराई

प्रवेश परीक्षा एमबीए तहका लागि साउन २३ गते सनिबार बिहान साढे आठ बजे, सोही दिन एमएसडिएमजीको दिउँसो तीन बजे र एलएलबी तहका लागि साउन ३० गते सनिबार बिहान साढे आठ हुने जनाएको छ ।

विश्वविद्यालयले एमबिएको आवेदन शुल्क १२ सय, एमएसडिएमजीको आवेदन शुल्क १२ सय र एलएलबीको लागि एक हजार तोकेको छ ।

याे पनि पढ्नुस  अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छः पर्यटनमन्त्री भट्टराई

आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखामा जम्मा गरी नगदी भौचर स्क्यान गरी आवेदन साथ अपलोड गर्नु पर्नेछ ।

कमेन्ट गर्नुहोस्