लोकतन्त्र जोगाउन ओली प्रवृत्तिको सशक्त प्रतिकार गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांगे्रसले लोकतन्त्रका पक्षमा बृहत गठबन्धन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

महाधिवेशनको मिति र प्रक्रियाबारे छलफल गर्न आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधानका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेकोले सशक्त प्रतिकारमा उत्रिने निष्कर्श निकालेको हो ।

प्रतिगमनविरुद्ध लड्दै आएको र लोकतन्त्र तथा संविधानमाथि विश्वास गर्ने सबै पार्टी र समूहलाई एकताबद्ध बनाएर लैजाने निर्णय गरिएको नेता प्रकाशशरण महतले बताए ।

लामो संघर्षपछि प्राप्त आन्दोलनका उपलब्धिमाथि एकपछि अर्को प्रहार भइरहेको निष्कर्श निकाल्दै कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बृहत्तर मोर्चाबन्दी गर्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले निकाल्नुपर्ने बताएको छ । यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए।

राज्यसत्तामा चौतर्र्फी सर्वसत्तावाद लादन खोजिएको र संविधानमाथि समेत प्रहार हुन थालेकोले लोकतन्त्र जोगाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले राखेका थिए ।

देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
यसअघि देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो। साथै, १४६ सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका थिए।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्