थुनियो तामाकोशी, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन प्रशासनको आग्रह

वर्षाका कारण तिब्बतमा पहिरो गएपछि त्यसको असर तामाकोशी नदीमा परेको छ । तामाकोशी नदी थुनिन पुग्दा यसले ठूलो क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सतर्कताका लागि अपील गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्