क्रियाशी सदस्यतामा धाँधलीको आरोप, मोरङ ४ को कार्यालयमा तालाबन्दी

बिराटनगर । नेपाली कांग्रेसले क्रियाशील सदस्यतालाई अन्तिम रुप दिइरहेको बेला मोरङमा भने विवाद देखिएको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठको नेतृत्वमा ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको हो।

एक विज्ञप्ती जारी गर्दै उनीहरुले नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको आरोप लगाएका छन् । ।

उनीहरुले पार्टीभित्र मनोमानी गर्ने गिरोहलाई कारवाही गर्न माग गरेका छन् । नेतृत्वको यस्तो व्यवहारले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो कि हैन भन्ने प्रश्न खडा भएको घिमिरे र श्रेष्ठको आरोप छ ।

बिराटनगर वडा नम्बर ३ निवासी सक्रिय काँग्रेस कार्यकर्ताहरूको योगदानको मूल्यांकन गर्दै क्रियाशील सदस्यता दिइनुपर्ने उनीहरुको माग छ ।

कमेन्ट गर्नुहोस्