गणतन्त्र र संविधानलाई दुर्घटनाबाट जोगाउन हरसम्भव प्रयास गर्दैछु– अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानलाई दुर्घटना हुनबाट हदै्रसम्म प्रयास गरिरहेको बताएका छन् ।

गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले प्रतिगमनकारी शक्तिहरुले ऐतिहासिक उपलब्धि उल्ट्याउन खोजेको बताउँदै त्यसविरुद्ध सबैको सचेत पहल आवश्यक भएको बताए ।

नेकपा माओवदी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्व उपसभामुख पूर्ण कुमारी सुवेदीका पिता स्वर्गीय पण्डीत हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धान्जली सभामा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रियतामा लागेको कालो बादल समेत हट्ने विश्वास व्यक्त गरे ।

देशमा सोच्दै नसोचेको किसीमले राजनीतिक घटनाक्रम भएको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झण्डै धरासायी हुने होकी भन्ने खतरा सँगै देशै के हुने हो भन्ने जस्तो स्थिती आएको उनको भनाई थियो । “यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको छ ।” प्रचण्डले भने, “तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुन दिइन्न ।”

“तपाइहरु सवै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जाँनै दिँइदैन ।” उनको भनाई थियो, “गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”

देशमा स्थिरता आवश्यक ठानेर आफू कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न वाम गठवन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि पाँच वर्ष नपुग्दै झण्डै दुई तिहाई नजिकको कम्युनिष्ट छिन्नभिन्न हुनुले दुखिद बनाएको प्रचण्डको भनाई थियो । आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडीरहेको बताए ।

कमेन्ट गर्नुहोस्