ह्वात्तै बढ्यो कोरोना, २४ घण्टामा ४ हजार ५२२ संक्रमित

काठमाडौं । पछिल्ला दिनमा घटदो क्रममा रहेको कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा गरिएका पिसिआर र एन्टिजेन परीक्षणमा ४, ५२२ जना संक्रमित देखा परेका हुन ।

मन्त्रालयका अनुसार, यो अवधिमा जम्मा १६ हजार ९ सय १३ जनाको परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

यसअघि सोमबार मन्त्रालयले सूचना जारी गर्दै नेपालमा नयाँ म्यूटेन्ट भाइरस संस्करण फेला परेको बताएको थियो ।

कमेन्ट गर्नुहोस्