सर्वोच्चको फैसला अप्रत्याशित, परिस्थिति झन जटिल हुने- एमाले

काठमाडौं, असार ८ । नेकपा एमालेले मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्च अदालतले जारी गरेको अन्तरिम आदेशको फैसलालाई अप्रत्यासित भनेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुनुलाई अप्रत्यासित भन्दै त्यसले राष्ट्रिय राजनीतिलाई झन् जटिल बनाउने टिप्पणी गरेका हुन ।

सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेपछि अब जम्मा ५ जना मात्रै मन्त्री रहेका छन् ।

अदालतको आदेशलाई एमालेले सधैं मानेको भन्दै ज्ञवालीले पछिल्लो आदेश सम्बन्धमा पार्टीमा थप छलफल गर्ने र फैसलाले ल्याउने जटिलताबारे विमर्श हुनुपर्ने बताए । अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।

अन्य दलहरुले भने सर्वाेच्चकाे फैसलाकाे स्वागत गरेका छन् । एमालेभित्रै पनि मन्त्रीमण्डल गठनप्रति असहमतहरुले भने फैसलाकाे स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्