५० % आन्तरिक र ९ रूटमा अन्तर्राष्ट्रिय उडान खु्ला

काठमाडौं । सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणका कारण रोकिएका उडानहरु खुल्ने भएका हुन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी गराए ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं-दाहा सातामा ४ उडान हुनेछन् ।

अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरि खुलेको हो ।

कमेन्ट गर्नुहोस्