देशलाई भड्खालाेमा जानबाट जाेगाउन नेता माधव नेपालकाे अपील

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता नेपालले देशलाई संकटबाट मुक्त पार्न सबै एक हुनुपर्ने बताएका छन् ।

केपी ओलीकाे गलत कदमले देशकाे सबैभन्दा ठूलाे कम्युनिस्ट पार्टी नेकपा विसर्जन भएकाे बताउँदै नेता नेपालले सबै अग्रगामी शक्तिहरुकाे एकतामा जाेड दिएका हुन ।

पढ्नुस नेता नेपालकाे स्टाटस

संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!

कमेन्ट गर्नुहोस्