पशुपंछीको आवाज निकालेर भाइरल बनेकी सन्तोषीको दक्षिणकालीमा हत्या

काठमाडौं । पशुपंछीको आवाज निकालेर भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।

उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

मंगलबार बिहान सन्तोषीको शव दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा भेटिएको थियो। च्याउ टिप्न गएका दुई महिलाले शौचालयमा शव देखेका थिए।

सन्तोषीको सलले घाँटी कसेर हत्या गरी ढुंगाले हिर्काएर अनुहार क्षतविक्षत पारिएको छ। फरेन्सिक चिकित्सकले उनको धेरै दाँतहरू नरहेको अनुसन्धानबाट पत्ता लगाएका थिए।

कमेन्ट गर्नुहोस्