लाहौरमा भयंकर बम विष्फोट, ३ को मृत्यु, १७ घाइते

काठमाडौं । पाकिस्तानको लाहौर जिल्लाको जौहर टोलमा बम विष्फोट भएको छ ।

घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

लाहौर पुलिस कमिश्नरका अनुसार, एहसान मुमताज अस्पताल नजिकै विष्फोट भएको थियो ।
समाचारमा उल्लेख भए अनुसार, मुम्बई बम ब्लाष्टका आरोपी हाफिज सईदको घर नजिकै विष्फोट भएको बताइन्छ ।
सबै घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । विष्फोटबाट केही घरमा समेत क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्