अफिसमा गर्लफ्रेण्डलाई चुम्बन गरेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिनुपर्यो राजीनामा, सामाजिक दूरी पालना नगरेको आरोप

लण्डन । कोराना महामारीको बेला आफ्नी प्रेमिकालाई चुम्बन गरेपछि बेलायतका स्वास्थ्यमन्त्रीले राजीनामा दिनु परेको छ ।
सामाजिक दूरी पालना नगरेको भन्दै आलोचना भएपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन ।

उनले आफ्नी सहयोगी जीना कोलाडंगेलोलाई कार्यालयमा चुम्बन गरेका थिए ।

प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा लेख्दै हेनककले यो महामारीमा जति मानिसहरुले बलिदान दिएका छन, त्यो हेर्दा यदि हामी उनीहरुसँग केही गलत गर्छौं भने हाम्रो जिम्मेवारी नैतिकता देखाउनु हुन्छ ।
उनकी सहयोगीजीना एउटै कार्यालयमा कामगर्छिन ।

त्यसो त उनी विवाहित हुन । उनको बिहे भएको १५ वर्ष पुगेको छ भने तीन छोराछोरी पनि छन् । तर कार्यालयमा कार्यरत जीनासँग उनको अफेयर चल्दै आएको थियो । जीना पनि विवाहित हुन ।

यी दुबैले कार्यालयमा चुम्बन गरिरहेको तस्वीर भाइरल भएपछि मानिसहरुले आलोचना सुरु गरेका थिए ।
उनले त्यसपछि माफी मागेका थिए ।

कमेन्ट गर्नुहोस्