आफैंले वार्ताका लागि बोलाएर मापसे गरी लठ्ठ भएपछि ६ घण्टा थुनिए उपकुलपति गिरी

आन्दोलन गरिरहेकाहरूलाई वार्ता गर्न बोलाएर असान्य गतिविधि देखाएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी छ घन्टा प्रतिष्ठानबाट बाहिरिएका छन्।

आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए।

आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए। तर गिरीले मापसे चेक गर्न मानेनन्।

‘उहाँले मापसे चेक गर्न मान्नु भएन। छ घन्टापछि यहाँबाट बाहिरिनुभयो,’ स्रोतले भन्यो। गिरी मंगलबार राति अबेर थुनिएको ठाउँबाट बाहिरिएका थिए।

मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी पनि गरेका थिए।

बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन्। आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो।

बिपीमा आन्दोलन भएको १५ दिन भइसकेको छ।
सेताेपाटीबाट

कमेन्ट गर्नुहोस्