राष्ट्रिय क्रिकेट टोलीलाई रु. ५ लाख, डेब्यु खेलाडीलाई जनही रु. १ लाख प्रदान

माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ ।

गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई आज एक समारोहबीच सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोस्रो शृङ्खलामा स्कटल्यान्ड र नाम्बियाको सामना गर्ने छ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरूमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।

कमेन्ट गर्नुहोस्