ब्राजिल कोपा अमेरिकाको फाइनलमा

डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिल मंगलबार कोपा अमेरिका–२०२१ को फाइनल पुगेको छ । उसले सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गरेको हो ।
३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । नेयमारले सिर्जना गरेको अवसरमा पाक्वेलाले निर्णायक गोल गरेका हुन् । पेरुले दोस्रो हाफमा ब्राजिलसामु कडा चुनौती पेस गरे पनि गोल फर्काउन भने सकेन । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए ।

यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच भोलि हुने दोस्रो सेमिर्फानल खेलको विजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

अर्को सेमिफाइनलमा बुधबार अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । त्यसको विजेताले उपाधि–भिडन्तमा ब्राजिलको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्