एचआईडीसीएलको हकप्रद सेयरमा आजबाट आवेदन खुला

काठमाण्डौ । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सतप्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन खुला भएको छ।

गत जेठ २७ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीले आफ्ना सेयरधनीका लागि १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको थियाे । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीका लागि जारी गरेको छ।

हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

यो हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ।नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते यो हकप्रदलाई निष्कासनको अनुमति दिएको थियो।

कमेन्ट गर्नुहोस्