प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

मंगलबार बिहान माधव नेपाल निवास पुगेका प्रचण्ड र नेपालबीच सदनमा प्रधानमन्त्रीले विश्वासको मत पाएपछिको परिस्थितिबारे छलफल भएको हो ।

भेटका अवसरमा माधव नेपाल पक्ष सत्तामा आउने अवस्थाका बारेमा समेत सामान्य छलफल भएको बताइन्छ । माधव नेपाल पक्षले सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय गरेको छैन । पार्टीभित्रैबाट माधव पक्षमाथि स्पष्टिकरण सोधिएकोले कतिपय कानुनी जटिलताका बारेमा अध्ययन गरेर ठोस निश्कर्षमा पुग्ने माधव पक्षको बुझाई देखिन्छ ।

प्रचण्डसँग छलफल भएको लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेपाल निवास पुगेका थिए । यादवसँग समेत संयुक्त राजनीतिक गठबन्धनका न्यूनतम सहमतिका बुँदा र सरकारका बारेमा छलफल भएको बताइन्छ ।

प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

कमेन्ट गर्नुहोस्