प्रचण्ड र देउवाबीच छलफल, सबै असंवैधानिक नियुक्ति खारेज गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएकाे छ ।

अाज भएकाे छलफलमा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको हाे ।

जनअपेक्षा अनुरुप विकास र राष्ट्रिय राजनीतिका मुद्दाहरुलाई प्राथमिकीकरण गरि अघि बढने सहमति भएकाे श्राेतले बतायाे । यसैगरिओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति पनि उनीहरुबीच भएको छ । त्यस्तै उनीहरुबीच काेराेना महामारिकाे प्रभावकारी सम्बाेधन गर्दै सरकारलाई गतिशील ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको थियाे । 

कमेन्ट गर्नुहोस्