करको दायरा विस्तारका लागि कार्ययोजना ल्याउन अर्थमन्त्री शर्मा निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन् ।

मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले थोरै जनाबाट धेरै दरमा कर उठाउने नभई धेरैजनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना माग गरेका हुन् ।

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मिहेनत गर्नुपर्नेमा जोड दिए । ‘यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ, त्यो मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजस्व संकलनको लक्ष पूरा गर्न सकिँदैन, उनले भने, ‘करदातामैत्री नीति कार्यान्वयन हुनुपर्‍यो ।’

उनले प्रशासनिक झण्झट हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए ।

कर प्रशासनलाई करदातामैत्री बनाउर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्