देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा सहभागी हुनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

केपी ओली सरकारको समर्थन गर्दै आएका ठाकुरले विश्वासको मत लिने दिन देउवालाई समर्थन गरेका थिए ।

आजको भेटमा जनता समाजवादी पार्टीमा देखिएको विवादका बीच सरकारमा सहभागी हुनेबारेमा कुराकानी भएको थियो ।

आज बिहान साढे नौ बजे बालुवाटार पुगेका ठाकुरले मधेस मुद्दामा सरकारको न्यूनतम सहमतिको धारणा सार्वजनिक हुनुपर्ने बताएका थिए ।

जसपाको उपेन्द्र यादव पक्ष भने शुरुदेखि नै विपक्षी गठबन्धमा रहेको थियो । सम्भवतः यादव पक्षसँग समेत सहमति गरेर सरकारमा जाने विषयमा जसपाले टुंगो लगाउने देखिन्छ ।

कमेन्ट गर्नुहोस्