माओवादी स्थायी कमिटीकाे बैठक शुरु, मन्त्रीहरुकाे टुंगाे लाग्न सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्न गइरहेकाे छ ।  

अहिले पेरिसडाँडामा बस्ने बैठकले सरकारका न्षूतम साझा कार्यक्रमबारे सामान्य छलफल गर्नुका साथै सरकारमा सहभागिताबारे निर्णय हुनसक्ने एक स्थायी कमिटी सदस्यले बताए ।

मन्त्रीका लागि कतिपय सांसद आकांक्षी भएपनि सहभागिताबारे मापदण्ड बनाएर अघि बढने माओवादीले यसअघि नै निर्णय गरिसकेकाे छ । माओवादीले बढीमा ८ मन्त्रालय पाउने सहमति यसअघि भएपनि जसपाका दुबै पक्षले देउवालाई विश्वासकाे मत दिएकाे अवस्थामा यने संख्या घटने देखिन्छ ।

यसका साथै बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ ।

यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भएको भेटमा प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन प्रस्ताव गरेका थिए ।

कमेन्ट गर्नुहोस्