खाेपसँगै अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउँछाैं- अर्थमन्त्री शर्मा

खाेपसँगै अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउँछाैं- अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोपसँगै अर्थतन्त्रमा परेकाे असर न्यूनिकरण गर्न राहत प्याकेज ल्याउने बताएका छन् ।

बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले यसको तयारी गरिरहेको जानकारी दिए ।

कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो देखाएकाे भन्दै वहाँले निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको बताए । स्वेदेशी उत्पादन बढाउन उद्योग परिसंघले शुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानले छिट्टै नतिजा दिनेमा आफू विश्वस्त रहेको अर्थमन्त्री शर्माको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्