प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरेका छन्।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए।

आइतबार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्।

कमेन्ट गर्नुहोस्