विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयन गर्न जोड

काठमाडौं । विप्लव नेतृत्वको नेकपाको शीर्ष नेतृत्वले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमति पालनाका लागि दबाब दिन विप्लव लगायतले आज प्रधानमन्त्री देउवालाई भेटेका हुन ।

देशको राजनीतिक समस्याको निकास खोज्न आजको छलफल सकारात्मक रहेको विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माले बताए । “सरकार ३ बुँदे सहमतिको कार्यान्वयनमा सकारात्मक देखियो। भेटवार्ता प्रभावकारी र महत्वपूर्ण रह्यो ।” उनले भनेका छन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा महासचिव चन्द, नेताहरु विश्ककर्मा, धर्मेन्द्र बास्तोलालगायत सहभागी थिए ।

चन्द समूहका नेताहरुले यसअघि लगातारजस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य लगायतसँग भेटवार्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्