देउवालाई राजीनामा बुझाए अमरेश सिंहले

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।

पार्टी विधान अनुरुप नचलेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता सिंहले सांसद पदबाट राजीनामा दिएका हुन ।

सिंहले आफ्नो राजीनामा सभापति तथा प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं। २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काँग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा सिंहले भनेका छन्: ‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

कमेन्ट गर्नुहोस्