नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाईँदै

काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको सूत्रपात गर्ने नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

राणा शासनको समयमा कम्युनिष्ट पार्टी स्थापनाको जिम्मेवारी पुष्पलाल उठाएका थिए । उनकै नेतृत्वमा पहिलोपटक नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

नेपालमा नेकपा एमालेले पुष्पलाललाई विशेष सम्झिने गर्दछ ।
२००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।

एमालेले आज दिउँसो एक बजे उनको स्मृतिमा कार्यक्रम आयोजना गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्