२७ सय १४ जनामा कोरोना संक्रमण, २४ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधीमा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कमेन्ट गर्नुहोस्