हेड काउन्ट गरेर जसपाको विवाद सोमबार मात्रै टुंगो लाग्ने, को को छन् त यादव र ठाकुर पक्षमा ?

काठमाडौं । जनता समाजवादी पार्टीमा आधिकारिकताको विवादले आगामी हप्तामात्रै पूर्णता पाउने भएको छ ।

बिहिबार निर्वाचन आयोगको इजलासमा आधिकारिताका बारेमा अन्तिम बहस भएको थियो । निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका सदस्यहरुको हेड काउन्ट अर्थात् प्रत्यक्ष उपस्थितिमार्फत को कुन पक्षमा छ भनेर गणना गरेपछि विवादबारे निर्णय दिने छ ।

अहिलेसम्मको अवस्था हेर्दा पार्टीमा उपेन्द्र यादव पक्षको बहुमत रहेको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको छ।

सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।

कसको पक्षमा को ?

उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा. बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो. लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. इस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रशान्त सिंह
२९ भक्तबहादुर शाह
३० सुशीला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्ष
१ं महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरतसिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ मनीषकुमार सुमन
१२ राजकुमार लेखी
१३ केशवकुमार झा
१४ अकवाल अहमद शाह
१५ दानबहादुर विश्वकर्मा
१६ निर्जला राउत
१७ सुनिलकुमार झा

जेलमा
रेशमलाल चौधर

कमेन्ट गर्नुहोस्