आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, के के छन् त कार्यसूचि ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिएपछिको पहिलो बैठकमा उनलाई शुभकामना दिने आजको मुख्य कार्यसूचि देखिन्छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्