प्रचण्ड,माधव, वैद्यदेखि विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा शीर्ष कम्युनिष्ट नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले कम्युनिष्ट आन्दोलनमा फरक वैचारिक धार स्थापना गरेका तथा विमर्शमा संलग्न नेताहरुलाई एउटै मञ्चमा ल्याउने भएको हो ।

शुक्रबार हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा संयुक्तका शीर्ष नेता चन्द्रदेव जोशी, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन् ।

पछिल्लो समयमा समाजवादी क्रान्तिको कार्यदिशा तयार गर्नुपर्नेमा अधिकांश कम्युनिष्ट घटकहरु सहमत देखिन्छन् । यद्यपी उनीहरुबीच कार्यनीतिक मुद्दामा भने सहमति देखिँदैन ।

कमेन्ट गर्नुहोस्