कमल थापा र विप्लवबीच थापा निवासमा भेटघाट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच  भेटवार्ता भएको छ ।

महासचिव विप्लव केही नेतासहित शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् ।

विप्लव थापालाई भेट्न प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि सहभागी भएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्