भीम रावलले फिर्ता लिए राजीनामा

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने दिन उनले राजीनामा दिएका थिए । रावलले आज शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । 
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताए । 

कमेन्ट गर्नुहोस्