ॠण लिएर भए पनि जनतालाई खोप दिने प्रतिवद्धता पूरा गर्छौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको दोहोर्‍याए । उनले अघि भने, ‘हामी ॠण लिएर भए पनि जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

उनले प्रधानमन्त्रीका रुपमा रहेकाे आफ्नो बाँकी कार्यकालमा देखिने गरी काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्