बढ्यो कोरोना, २४ घण्टामा ३११४ जनामा संक्रमण, १६ को मृत्यु

काठमाडौं । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणमा पनि बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

सार्वजनिक तथ्यांक अनुसार, १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्