‘ओलीले धोका दिए’ : गम्भीर मुद्रामा विप्लव र महन्थ ठाकुर

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता सम्पन्न भएको छ ।

पछिल्ला दिनहरुमा सबै राजनीतिक दलका नेताहरुलाई भेटिरहेका विप्लवले आज ठाकुलाई भेटेका हुन ।

उनीहरुबीच भेटवार्ता भएको तस्वीर हेर्दा दुबै नेता गम्भीर मुद्रामा देखिएका छन् । केहीले सामाजिक सञ्जालमा लेखेका छन– ओलीले दुबैलाई ठगेको कुरा चल्दाको गम्भीरता ।

ओली सरकारले विप्लवसँग ३ बुँदे सहमति गरेको थियो । तर सहमति कार्यान्वयन नभएको भन्दै विप्लवले अहिले सत्तारुढ गठन्धनका नेतासँग छलफल अघि बढाएका छन् ।
यसैगरी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेत बिभिन्न आश्वासन दिएर आफ्नो पक्षमा पार्न सफल भएको थियो । ठाकुर पक्ष ओलीलाई समर्थन गर्न पुगेपछि जसपा विभाजनको चरणमा पुगेको छ ।

आज विप्लवलले नेता खड्गबहादुर विश्वकर्मालाई सँगै लिए ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।

 

कमेन्ट गर्नुहोस्