देशभर २२ सय ३७ जनामा कोरोना, १८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । याे अवधीमा २ हजार ५० जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्