प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल, छिटै मन्त्रीपरिषद विस्तार गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टीमा उपेन्द्र यादव पक्षले आधिकारिता पाएको भोलीपल्ट दुबै नेताबीच छलफल भएको हो ।

आज बिहान बालुवाटारमा भएको छलफलमा सरकार बिस्तार तथा सरकारको मार्गचित्रका बारेमा छलफल भएको बताइन्छ ।

जनता समाजवादी पार्टीको आधिकारिता टुंगो लागेसँगै सरकार बिस्तार गर्न सहज भएको छ ।
आजको छलफलमा सरकारमा मन्त्री थप्ने तथा सरकारका न्यूनतम साझा कार्यक्रमको तयारी गर्ने विषयमा विस्तृतमा कुराकानी भएको थियो । आजको छलफलका आधारमा छिट्टै नै मन्त्रीपरिषद बिस्तार हुने र सरकारले आफ्ना न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्