बलात्कार मुद्दामा चालकलाई उन्मुक्ति, सहचालकलाई सजाय

दार्चुला । दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका आरोपी गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल सजाय तोकेको छ ।

१४ वर्षकी बालिकालाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलमार्फत दार्चुला जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

२०७७ सालको सो घटनाबारे सोमबार दार्चुला जिल्ला अदालतले फैसला सुनाउँदै २७ वर्षीय चालक सन्तोष बिष्टलाई भने उन्मुक्ति दिँदै १९ वर्षीय सहचालक सन्तोष महरलाई मात्र दोषी ठहर गरेको छ ।

सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले यस्तो फैसला सुनाएको हो । फैसला चित्तबुझ्दो नभएको भन्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्