बालुवाटारमा मन्त्रीपरिषद बैठक शुरु, ओली सरकारले गरेका केही नियुक्ती खारेज हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक शुरु भएको छ ।

आजको बैठकले तत्कालिन ओली सरकारले गरेका कतिपय नियुक्ति खारेज गर्न सक्ने बताइन्छ ।

यीमध्ये सबैभन्दा मुख्य प्रदेश सरकार प्रमुख फेर्ने निर्णय हुने देखिन्छ ।

देउवा सरकारले गण्डकी, लुम्बिनी र प्रदेश दुईका प्रदेश प्रमुख फेर्ने भएको हो ।
आजको बैठकलाई लक्षित गर्दै माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटीको बैठकले अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश दुईमा भने जनता समाजवादीले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्ने सम्भावना रहेको छ ।

आजको मन्त्रीपरिषदको बैठकले भूमि समस्या समाधान आयोगका बारेमा समेत केही निर्णय गर्नसक्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्