निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च जाने

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिताका बारेमा गरेको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

जनता समाजवादी पार्टीभित्र महन्थ ठाकुर पक्षले आज कानुन व्यवसायीसँग गरेको छलफलपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएको निर्णयविरुद्ध न्यायिक लडाईं लड्ने भएको हो ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए ।

“हाम्रो कानूनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ । अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन । सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौँ । सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि । ३४ र १६ त भन्दियो नि । अलगअलग हौ भन्दियो नि । यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौँ ।’

कमेन्ट गर्नुहोस्